सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, २६ असोज । बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

असोज २० गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका उनलाई प्रहरीले दसैं बिदाका कारण २४ गते अदालतमा उपस्थित गराएको थियो । अदालतले सुरुमा ७ दिन थुनामा राख्न अनुमति दिएको थियो ।
अदालतमा सन्दीपमाथि अनुसन्धान चलिरहेको भन्दै प्रहरीले बिहीबार पुनः ७ दिन थुनामा राख्न अनुमति मागेको थियो ।

‘हामीले बयान दिने क्रम आधा सकिसकेको अवस्थामा ७ दिन धेरै हुन्छ । तीन दिनमात्र दिनुपर्छ भन्यौं’ सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले भने, ‘श्रीमान सूर्यबहादुर थापाको बेञ्चले ५ दिन म्याद थप गरेको छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *