सुनकोसी मरिण डाइभर्सन आयोजनाकाे सुरुङ खन्ने कार्य शुरु

सिन्धुली, २८ असाेज । सिन्धुलीमा निर्माणाधीन सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल खन्ने कार्य आजबाट शुरु भएको छ । उर्जा मन्त्री पम्फा भुषालले स्विच अन गरी सुनकोशी–मरिन डाइभर्सनको सुरुङ खन्ने कार्यको उदघाटन गरेकी छिन् ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालको नेतृत्वमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव सागरकुमार भण्डारी, जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक सुशिल चन्द्र तिवारीको उपस्थितिमा सुरुङ खन्ने काम सुरु गरिएको हाे ।

मरिन खोलबाट टनेल खन्न शुरु गरेको ठेकदार कम्पनी चाइना ओभरसिज कक्स्ट्रक्सन कम्पनी लिमिटेडले २४ महिनाभित्रै सुरुङ खनिसक्ने गरी बताएको छ ।

मरिन डाइभर्सन आयोजनाबाट तराई मधेसका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिंचाइ सुविधा पुग्ने र तथा ३१–७ मेगावाट बिजुली पनि उत्पादन हुनेछन ।

सो आयोजनाको उद्घाटन तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।