विराटनगरमा अपहरणमा परेका युवकको हत्या

मोरङ, २८ असाेज । विराटनगरमा एक युवककाे अपहरणपछि हत्या भएको छ।

सिराहाका १८ वर्षीय युवकको विराटनगरस्थित बसपार्कको एक होटेलमा हत्या भएको हाे ।

हत्या हुनेमा सिरहा गोलबजार घर भएका अंशु सदा रहेका छन् । सदालाई अपहरण गरेर विराटनगरको न्यु अप्सरा गेष्ट हाउसको कोठा नम्बर १ मा हत्या गरेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) शान्तिराज कोइरालाका अनुसार सदाको हत्या अभियोगमा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएकाे छ ।

उनका अनुसार सदाको हत्यामा तीन चार जनाको समूह संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाकाे अनुसन्धान भइरहेकाे जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *