मन्त्रिपरिषद्काे बैठकले गरेका १५ निर्णय (सूचीसहित )
काठमाडौं, २८ असाेज । शुक्रबार बसेकाे मन्त्रिपरिषद्को बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद २०८० असार मसान्तसम्म थप गर्ने निणर्य गरेको छ।
बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ बमोजिम दुवै आयोगको कार्यावधि थप गर्न बाधा अड्काउ फुकाउने आदेश जारी गरेको हाे ।
आदेशसँगै दुवै आयोगको कार्यावधि आगामी २०८० असार मसान्तसम्म थप भएको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ बमोजिम सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको कार्यावधि २०८० असार मसान्तसम्म थप गर्ने बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने निणर्य गरेको जानकारी दिए ।