श्रमजिवि पत्रकारलाई नहटाउन माग गर्दै राससमा धर्ना
काठमाडौँ, २८ असोज । राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत २२ जना श्रमजीवि पत्रकारको रोजगारी खोस्ने कार्य तत्काल रोक्न माग गदै नेपाल पत्रकार महासंघ लगायत पेशागत संघसंगठनले आज रासस केन्द्रीय कार्यलयमा धर्ना दिएका छन् ।
नेपाल पत्रकार महासंघ र राससका अस्थायीर करारर ज्यालादारी पत्रकार संघर्ष समितिको सयुक्त आयोजनामा श्रमजीवि पत्रकार निष्कासन गर्न लागिएको विरुद्वमा राससमा कार्यलयमा धर्ना दिइएको हो।
नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले छिट्टै नै बैठक बसेर आन्दोलनको नयां कार्यक्रम घोषणा गरिने र निष्कर्षमा पुर्याउने बताउनुभयो । उमहासचिव पुरीले महासंघको पुर्व अध्यक्ष धर्मेन्द्र झाले नै श्रमजिवि पत्रकारलाई हटाउने कार्य गर्नु अनुचित भएकाले तत्काल ती २२ जना पत्रकारको नविकरण गर्न माग गर्नुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारिले महासंघको पुर्व अध्यक्ष व्यवस्थापन प्रमुख हुँदैमा आन्दोलनमा महासंघको साथ सहयोग नरहने अवस्था नहुने भन्दै महासंघले ती २२ जना पत्रकारको रोजगारी खोस्न नदिने बताउनुभयो। समाजवादी प्रेस संगठनका कार्यबाहक अध्यक्ष विश्वमणि सुवेदीले माग सम्वोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिनुभयो ।
प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले श्रमजिवि पत्रकारलाई निस्कासन गरे प्रेस चौतारिले शसक्त आन्दोलन गर्ने बताउनुभयो । उहाँले ती २२ जना पत्रकारलाई हटाईएमा राससका अध्यक्ष धर्मेन्द्र झा र महाप्रवन्धक सिद्वराज राईको पदसम्म नजोगिने चेतावनी दिदै यसो नगर्न आग्रह गर्नुभयो । नेपाल प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारीले रासस व्यवस्थापनले विकल्प नखोजि श्रमजिवि पत्रकारलाई निकाल्न खोज्नु दुःखद भएकाले विकल्प खोजेर समस्या समाधान खोज्न आग्रह गर्नुभयो ।
नेपाल प्रेस सेन्टरका उपाध्यक्ष विदुर खड्काले राससमा लामो समयदेखि काम गरेका पत्रकारलाई कुनै पनि वहानामा निकाल्न खोजे कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो । समाजवादी प्रेस संगठनका महासचिव भूपराज खड्काले लामो समयदेखि कार्यरत पत्रकारलाई हटाउन खोजीए आफ्नो संगठनले जस्तोसुकै आन्दोलन गर्न पछि नपर्ने बताउनुभयो । श्रमजीवि पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले नियत खराव राखेर व्यवस्थापन पक्षले श्रमजिवि पत्रकारलाई हटाउन खोजेको भन्दै कुनै पनि हालतमा हटाउन नदिने बताउनुभयो । प्रेस चौतारी नेपाल प्रतिष्ठान प्रदेश कमिटि ईन्चार्ज मोहन बास्तोलाले पत्रकार महासंघका पुर्व अध्यक्षले नेतृत्व गरेको संस्थामा श्रमजिवि पत्रकारलाई हटाउन खोज्नु लाजमर्दो बिषय भएकोले तत्काल ती पत्रकारको रोजगारि सुनिश्चतता गर्न माग गर्नुभयो।
संचारिका समूह नेपालका अध्यक्ष विमला तुम्खेवाले धर्नाप्रति एक्यवद्वता जनाउदै समस्या समाधान गर्न आग्रह गर्नुभयो । रासस संघर्ष समितिका संयोजक रमेश गिरिले व्यवस्थापन पक्षले विकल्प हुदाहुदै नियत राखेर २० बर्षदेखि कार्यरत रहेका श्रमजिविलाई हटाउन खोजेको भन्दै रोजगारि सुनुश्चितता नहुदासम्म आन्दोलन जारि रहने बताए ।
दिउँसो १ बजेबाट ३ बजेसम्म नेपाल पत्रकार महासंघ अगुवाई प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, श्रमजीवि पत्रकार संघ लगायत पत्रकारका पेशागत संगठनको सहभागिता रहेको थियो ।