नवौं राष्ट्रिय खेलकुद : पौडीमा जितिन एनआरएनएकी एस्लीले चौंथो स्वर्ण
कास्की, ३० असाेज । पाेखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीतर्फ एनआरएनएकी एस्ली सापकोटा डंगोलले चौथो स्वर्ण हात पारेकी छन्।
शनिबार तीन स्वर्ण जितेकी एस्लीले आइतबार विहान ८ सय मिटर फ्रि स्टायलमा एक स्वर्ण थप्दै ४ पुर्याएकी हुन्।
पोखरास्थित फिस्टेल एकेडेमीमा सर्ट कोर्समा भएको स्पर्धामा एस्लीले १० मिनेट ३०:६४ सेकेन्डको समय निकाल्दै चौंथ स्वर्ण हात पारेकी हुन्।
सो इभेन्टमा नेपाल पुलिस क्लबकी आर्या महर्जनले १० मिनेट ४१:६२ सेकेन्डको समय निकाल्दै दोस्रो र पुलिसकै समिरा सोभ थापा मगरले १० मिनेट ५७:६४ सेकेन्डको समय निकाल्दै काश्य जितिन्।
एस्लीले पहिलो दिन शनिबार महिला ५० मिटर बटरफ्लाई, १०० मिटर फ्री स्टाइल र २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी थिइन्।