ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भक्तपुर, ३० असाेज । भक्तपुरस्थित मध्यपुर थिमीमा ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

गएराति मध्यपुर थिमी नगरपालिका-६ बाहाखा भिमसेन चोकमा ट्याक्सीले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएकाे छ ।

ठिमीबाट निकोसेरा जाँदै गरेको बा १ ज ९०६० नम्बरको ट्याक्सी र विपरीत दिशातर्फ जाँदै गरेको बा ८३ प ५४४८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएकाे थियाे ।

दुर्घटनामा मोटरसाइकल चालक नुवाकोट घर भई काठमाडौंको कपन बस्ने ३१ वर्षीय दिपेन्द्र पण्डित गम्भीर घाइते भएका थिए। उनको उपचारकाे क्रममा आइतबार बिहान पौने ६ बजे मृत्यु भएको हो।

घटनामा संलग्न दुबै सवारीसाधन र ट्याक्सी चालक भक्तपुर नगरपालिका-१० बस्ने ३९ वर्षीय सुन्दर गोर्खाली प्रहरीको नियन्त्रणमा छन्।