कटुवा पेस्तोल सहित सिरहाका एकजना पक्राउ

धनुषा, ३० असाेज । धनुषाकाे सवैला नगरपालिका-१२ नहर चोकस्थित मैनाथपुर बिरेन्द्रबजारबाट कटुवा पेस्तोल सहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा गोलबजार नगरपालिका-७ चोहर्वा बस्ने ३५ वर्षीय राम सागर ठाकुर रहेका छन् ।

ईलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले प्र.२-०१-००२ प.३७२० नम्बरको मोटरसाइकलमा सवार राम सागरले प्रहरी टोलीलाई देख्नासाथ हातमा बोकेको झोला सहित भाग्न खोजेपश्चात उनलाई नियन्त्रणमा लिएकाे थियाे ।

प्रहरीले उनकाे झाेला तलासी गर्दा झोलाभित्र पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो । हाल फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।