अनेरास्ववियुका सात पूर्वअध्यक्ष चुनावी मैदानमा, एक समानुपातिकमा (सूचिसहित)

काठमाडौँ, ३० असोज । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को स्थापना वि.सं.२०२२ सालमा भएको हो । यसरी वर्षको हिसावले हेर्ने हो भने अनेरास्ववियुले आफ्नो ५६ वर्षको इतिहास व्यथित गरिसकेको छ । यो ५६ वर्षमा २२ वटा सम्मेलन, अधिवेशन–महाधिवेशन भएका छन् भने अहिलेसम्म अनेरास्ववियुको नेतृत्वमा २५ जना अध्यक्ष बनेका छन् ।

संस्थापक अध्यक्ष सुजन खरेल, चौथो सम्मेलनबाट अध्यक्ष निर्वाचित मुकुन्दबहादुर श्रेष्ठ र १२ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित रामनाथ ढकाल जिवित हुनुहुन्न । २०५४ मा नेकपा (एमाले) विभाजन भएर माले बन्दा रवीन्द्र अधिकारी माले निकट अनेरास्ववियूको अध्यक्ष हुनुहुन्थ्यो । उहाँ १५ औँ राष्ट्रिय सम्मेलनबाट माले निकट अनेरास्ववियुको अध्यक्ष हुनुभएको थियो । पर्यटन मन्त्री रहेकै बेला २०७५ साल फागुन १५ गते ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनपछि अधिकारीसहित पर्यटन क्षेत्रका ६ जना चढेको हेलिकोप्टर दुर्घटनामा प¥यो र उहाँको निधन भयो ।

०२५ सालमा काठमाडौँमा सम्पन्न दोस्रो सम्मेलनबाट अध्यक्ष बन्नुभएका विश्वकान्त मैनाली नेपाल बार एशोसियसनको अध्यक्ष समेत बन्नुभएको थियो । अहिले उहाँ राजनीतिमा धेरै सक्रिय हुनुहुन्न । ०२६ सालमा ललितपुरमा सम्पन्न तेस्रो सम्मेलनबाट अध्यक्ष बन्नुभएका गोविन्दमान श्रेष्ठ अहिले राजनीतिबाट पलायन भएर अमेरिकातिर रहेको भन्ने जानकारी प्राप्त भएको छ । सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष निर्वाचित रामप्रसाद ज्ञवाली पनि अहिले राजनीतिमा सक्रिय हुनुहुन्न । सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीका संयोजक रहनु भएका गौरी प्रधान अहिले बालअधिकारका क्षेत्रमा सक्रिय हुनुहुन्छ ।

०४२ सालमा काठमाडौँमा सम्पन्न आठौँ महाधिवेशनबाट अध्यक्ष बन्नुभएका झापाका चन्द्र भण्डारी पनि अहिले राजनीतिमा सक्रिय हुनुहुन्न । उहाँ सञ्चार उद्यमीका रुपमा परिचित हुनुहुन्छ । पाँचौ राष्ट्रिय सम्मेलन तयारी समितिको संयोजक रहनु भएका टंक कार्की ०३६ मा पुनर्गठित पाँचौ राष्ट्रिय सम्मेलन तयारी समितिको पनि संयोजक बन्नुभएको थियो ।

काठमाडौँमा सम्पन्न छैटौँ राष्ट्रिय सम्मेलनबाट अध्यक्ष बन्नुभएका कार्की चीनका लागि नेपाली राजदूत बन्नुभएको थियो । अहिले उहाँ एमालेको केन्द्रीय सदस्य हुुनुहुन्छ ।
०४८ सालमा पोखरामा सम्पन्न ११ औँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित शंकर पोखरेल अहिले एमालेको महासचिव हुनुहुन्छ । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री उहाँ प्रतिनिधि सभा दाङ २ बाट उम्मेदवार हुनुहुन्छ । त्यस्तै विराटनगरमा ०५२ मा सम्पन्न १३ औँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित योगेश भट्टराई अहिले एमालेको सचिव हुनुहुन्छ । अघिल्लो संसदीय निर्वाचनबाट ताप्लेजुङबाट निर्वाचित हुनुभएका उहाँ ताप्लेजुङबाट उम्मेदवार हुनुहुन्छ ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की अहिले एमालेको स्थायी कमिटी सदस्य हुनुहुन्छ । उहाँ अघिल्लो निर्वाचनमा झापा क्षेत्र नम्बर–५ (१) बाट प्रदेश सांसद बन्नुभएको थियो । ०५४ मा एमाले र माले विभाजनपछि एमाले निकट अनेरास्ववियुको १४ औँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित हुनुभएका उहाँ झापा क्षेत्र नम्बर–५ बाटै प्रदेश (१) बाट उम्मेदवार हुनुहुन्छ ।

ठाकुर गैरे एमाले पोलिटव्युरो सदस्यको जिम्मेवारीमा हुनुहुन्छ । ०६३ सालमा सम्पन्न अनेरास्ववियुको १८ औँ महाधिवेशनबाट अध्यक्ष बन्नुभएका गैरे पहिलो पटक आगामी मंसिर ४ गते हुने चुनावका लागि पाल्पा २ बाट उम्मेदवार बन्नुभएको छ । उहाँ गठबन्धनका उम्मेदवार सोमप्रसाद पाण्डेसँग चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । नविना लामापछि अनेरास्ववियुको अध्यक्ष बन्नुभएका ऐन महर अहिले एमालेको केन्द्रीय सदस्यको जिम्मेवारीमा हुनुहुन्छ ।

ठाकुर गैरे एमाले पोलिटव्युरो सदस्यको जिम्मेवारीमा हुनुहुन्छ । ०६३ सालमा सम्पन्न अनेरास्ववियुको १८ औँ महाधिवेशनबाट अध्यक्ष बन्नुभएका गैरे पहिलो पटक आगामी मंसिर ४ गते हुने चुनावका लागि पाल्पा २ बाट उम्मेदवार बन्नुभएको छ । उहाँ गठबन्धनका उम्मेदवार सोमप्रसाद पाण्डेसँग चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ

उहाँ बझाङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुनुहुन्छ । त्यसैगरी योगेश भट्टराई अध्यक्ष हुँदा महासचिव रहनु भएका भानुभक्त ढकाल मोरङ २ बाट उम्मेदवार हुनुहुन्छ । गैरेसँग अध्यक्षमा पराजित यज्ञराज सुनुवार ओखलढुंगाबाट प्रतिनिधिसभा उम्मेदवार हुनुहुन्छ । निवर्तमान उपाध्यक्ष महेश बर्तौला मकवानपुर २ बाट प्रतिनिधिसभा उम्मेदवार हुनुहुन्छ । वर्तमान अध्यक्ष सुनितबराल प्रतिनिधि सभामा समानुपातिकमा हुनुहुन्छ ।

०४४ मा काठमाडौँमा सम्पन्न नवौँ महाधिवेशनबाट निर्वाचित तुलबहादुर गुरुङ ०४६ सालमा सम्पन्न दशौँ महाधिवेशनबाट पुनः अध्यक्ष निर्वाचित हुनुभएको थियो । उहाँ अहिले एमालेबाट विभाजन भएको नेकपा (समाजवादी) मा हुनुहुन्छ । त्यस्तै कीर्तिपुरमा ०५९ मा सम्पन्न १६ औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित राजेन्द्र राई ०६१ मा विरगञ्जमा सम्पन्न १७ औँ राष्ट्रिय सम्मेलनबाट पुनः अध्यक्ष निर्वाचित हुनुभएको थियो ।

उहाँ पनि अहिले समाजवादीमै हुनुहुन्छ भने प्रदेश एकको मुख्यमन्त्रीको जिम्मेवारीमा रहनु भएका उहाँ भोजपुरबाट प्रतिनिधिसभामा उम्मेदवार हुनुहुन्छ । ०६५ मा पोखरामा सम्पन्न १८ औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्ष निर्वाचित रामकुमारी झाँक्री पनि अहिले समाजवादीमै हुनुहुन्छ । उहाँ गुल्मी क्षेत्र नम्बर–२ मा गठबन्धनका तर्फबाट उम्मेदवार हुनुहुन्छ । उहाँसँग युवा संघका पूर्व अध्यक्ष गोकर्ण विष्ट एमालेको तर्फबाट उम्मेदवार हुनुहुन्छ ।

०५३ मा अनेरास्ववियुको आन्तरिक विवादका कारण पुनर्गठन भएको अनेरास्ववियुको अध्यक्ष बन्नुभएका नेपाल यो पटक सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षमा सिफारिस परे पनि उहाँ उम्मेदवार बन्नुभएन । रुपनारायण क्षेष्ठ काठमाडौँ क्षेत्र नम्बर–१ बाटसिफारिसमा पर्नुभएको थियो । उहाँ पनि उम्मेदवार बन्नुभएन ।

०६१ साल असोज १७ देखि २१ सम्म विराटनगरमा सम्पन्न अनेरास्ववियुको १७ औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्ष बन्नुभएका एमालेको पोलिटव्युरो सदस्य खिमलाल भट्टराई रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस हुनुभएको थियो । उहाँ पनि उम्मेदवार बन्नु भएन ।

०७० मा सम्पन्न २० औँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित माधव ढुंगेल अहिले एमाले केन्द्रीय सदस्यको जिम्मेवारीमा हुनुहुन्छ । उहाँ रामेछाप जिल्लाबाट सिफारिस हुनुभएको थियो । उहाँ पनि उम्मेदवार बन्नुभएन । एमाले केन्द्रीय सदस्यको जिम्मेवारीमा रहनु भएका मल्ल काठमाडौँ मा सम्पन्न अनेरास्ववियुको २१ औँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित हुनुभएको थियो । उहाँ मंसिर–४ मा हुने निर्वाचन अन्तर्गत प्रतिनिधि सभाका लागि स्याङ्जा क्षेत्र न. २ साथै प्रदेश सभाका लागि स्याङ्जा क्षेत्र न.२ (२)बाट सिफारिस हुनुभएको थियो उहाँ पनि उम्मेदवार बन्नुभएन ।

२०७२ फागुनमा काठमाडौँमा सम्पन्न २२ औँ महाधिवेनबाट अध्यक्ष निर्वाचित नविना लामा एमालेको केन्द्रीय सदस्य तथा निवर्तमान सांसद हुनुहुन्छ । उहाँ ०७४ को निर्वाचनमा एमालेका तर्फबाट समानुपातिक सांसद हुनुहुन्थ्यो । अहिले उहाँ कतैबाट पनि उम्मेदवार हुनुहुन्न ।