जयरानीले हातपारिन कीर्तिमानसहित दोश्रो स्वर्ण

कास्की, ३१ असोज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइतबार भएकाे एथलेटिक्स खेलको चार सय मिटर हडल्स दौडमा जयरानी थारुले स्वर्ण पदक जित्नुभएकाे छ ।

उहाँले सोमबार बिहान पोखरा रंगशालाको ट्रयाकमा १०० मिटर महिला हर्डल्समा स्वर्ण जित्नुभएकाे हाे । जयरानीले हिटमा १५.१६ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाउनुभएकाे थियाे ।

राष्ट्रिय खेलकुदमा सफलता मिलेपछि उहाँको अबको लक्ष्य अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने र देशलाई पदक दिलाउने बताउनुभएकाे छ ।

उहाँले भन्नुभयो,“स्वर्ण पदक जित्ने लक्ष्य पूरा भएको छ । अब अन्तर्राष्ट्रिय प्रतियोगितामा अझै राम्रो गर्ने र देशलाई पदक दिलाउने मेरा लक्ष्य छ ।”