दलहरूले कात्तिक १८ गतेबाट मात्र प्रचार-प्रसार गर्न पाउने : निर्वाचन आयोग

काठमाडाैं, ३१ असाेज । निर्वाचन आयोगले आगामी कात्तिक १८ गतेबाट मात्र दलहरूले प्रचार-प्रसार गर्न पाउने बताएका छन् । त्यस अघि कुनैपनि दलका उम्मेदवाले आमसभा गरे उम्मेदवारी खारेज गरिदिने चेतावनी दिएकाे छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदानको १९ दिन अघिसम्म राजनीतिक दलका उम्मेदवारलाई कोणसभा तथा आमसभा गर्न निषेध गरिएको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए।

‘आयोगले तोकेको मितिअघि कोणसभा तथा आमसभा गरिए आचारसंहिताको उल्लंघन हुनेछ। त्यस्ता उम्मेदवाहरूको मनोनयन खारेज गर्ने कठोर निर्णय आयोगले लिनेछ,’ उनले भने। दलहरूले कात्तिक १८ गतेबाट मात्र प्रचार-प्रसार गर्न पाउनेछन्।

उम्मेदवार र राजनीतिक दलहरूले हाल २५ जनासम्मको समूहमा मतदाताबीच घरदैलोको कार्यक्रम गर्न सक्नेछन्।

आयोगका अनुसार थुप्रै ठाउँबाट घरदैलो जाने सन्दर्भमा तामझाम गरेर गएको साथै भोजभतेर गर्न पनि सुरू भएको उजुरी परेका छन्। हामी छानबिन गरिरहेका छौँ, भण्डारीलेले भने। अहिले घरदैलोसम्म गर्ने कार्यक्रम हो त्योभन्दा बढी प्रचारप्रसार केही पनि गर्न पाउनुहुन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *