जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर साह घुससहित पक्राउ

पर्सा, ३१ असाेज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय, पर्साका कम्प्युटर अपरेटर सञ्जयप्रसाद साह रहेका छन् ।

अख्तियारको हेटौडा कार्यालयबाट खटिएको टोलीले सोमबार प्रशासन कार्यालयको मुद्दा शाखामा छापा मारी ५ हजार रुपैयाँ घुस रकम सहित साहलाई रंगेहात पक्राउ गरेको हो ।

सेवाग्राहीसँग लिएको ५ हजार घुस रकमसहित यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।