अपवित्र सत्ताधारी गठबन्धन ‘नो’ भन्दै नेकपा एसकी केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार रावल एमाले प्रवेश

काठमाडौं, १ कात्तिक । नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य तथा समानुपातिकतर्फकी प्रतिनिधि सभा सदस्य उम्मेदवार रीता रावल नेकपा (एमाले) मा फर्कनुभएको छ ।अध्यक्ष केपी शर्मा ओलीले नेतृ रावललाई सोमबार साँझ बालकोटमा अवीर र खादा लगाई पार्टीमा स्वागत गर्नुभयो ।

नेतृ रावल संविधान सभाकी सदस्य हुनुहुन्छ । नेकपा एसको अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव समेत रहेकी नेतृ रावलले एक अर्कासँग विचार नमिल्ने अपवित्र सत्ताधारी गठबन्धनबाट देश दुर्घटनामा पर्ने देखेर आफू एमालेमै फर्किएको वताउनुभयो । उहाँले नेकपा एकीकृत समाजवादीको पनि भविष्य छैन भन्ने आफ्नो निष्कर्ष रहेको वताउनुभयो ।

देशको भविष्य निर्माण गर्ने पार्टी एमाले मात्र भएको र विगतमा लामो समय आफ्नो योगदान पनि यसै पार्टीमा रहेकाले पुनः एमालेमै फर्किएको रावलले वताउनुभयो ।
उहाँले भन्नुभयो– ‘म काममा विश्वास गर्छु, लोभलालच केही राखेर फर्केकी छैन, समानुपातिकतर्फको सांसद उम्मेदवारी समेत उतै छोडेर आएकी छु, जुम्लामा जन्मेर सानैदेखि अन्यायका विरूद्ध लड्नुपर्छ भन्ने मान्यतामा कम्युनिष्ट पार्टीमा लागेकी हुँ । पार्टी काममा नमूना बनेर देखाउने छु ।’

नेतृ रावलले नेकपा (एमाले) लाई छिन्नभिन्न बनाउन सबै लागिरहेको अवस्थामा आफूूले पार्टी बलियो बनाउने काममा एउटा इँटा थप्न चाहेको वताउनुभयो ।
उहाँँसँगै समाजवादी प्रेस संगठन जाजरकोटका सचिव अर्पण रावल पनि एमालेमा फर्कनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *