ओलीको स्वास्थ्यमा सामान्य समस्या, बुधबारका कार्यक्रममा सहभागी हुनुहुने

काठमाडौैँ, कात्तिक १ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । आज गृहजिल्ला झापा पुग्नु भएका ओलीलाई स्वास्थ्यमा सामान्य समस्या देखिएको एमाले स्थायी कमिटी सदस्य एवं झापा ५ (१) का उम्मेदवार हिक्मत कार्कीले जानकारी दिनुभयो ।

उहाँलाई रुघाखोकी र ज्वरो आएको छ । स्वास्थ्यमा समस्या देखिएपछि आजका भेटघाट तथा अन्य कार्यक्रममा उहाँ सहभागी हुनुभएन । उहाँ दमकस्थित निवासमै आराम गरिरहनु भएको छ । ‘रुघा मर्की र सामन्य ज्वरो देखिएको छ,’ कार्कीले भन्नुभयो, ‘आज आराम गर्नु भएको छ। भोलीको कार्यक्रममा सहभागी हुनुहुने आशा गरेका छौँ ।

तस्बिर सौजन्यः राजकुमार ओली