८४० बोरा चिनीसहित दुईवटा ट्रक सशस्त्र प्रहरीकाे नियन्त्रणमा

नवलपरासी, २ कार्तिक । सशस्त्र प्रहरीकाे टाेलीले ८४० बोरा चिनीसहित दुईवटा ट्रक नियन्त्रणमा लिएकाे छ ।

पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका–२ र रामग्राम नगरपालिका–५ स्थित भैरहवा परासी राजमार्गबाट आज ८ सय ४० बोरा अवैध चिनीसहित दुई वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हाे।

ना ६ ख २१९७ र लु १ ख ९८७१ नम्बरको ट्रकमा लोड गरी राखेको उक्त चिनी र ट्रक सशस्त्र प्रहरी बल नेपाल बिओपी हरपुर र महेशपुर भन्सार कार्यालयले बरामद गरेको जनाएकाे छ ।

बरामद चिनी तथा दुई वटै ट्रक आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *