भक्तपुरबाट चुनाव जित्नेमा बस्नेत ढुक्क, यि हुन जितका आधार

भक्तपुर, २ कात्तिक । नेकपा (एमाले)को तर्फबाट भक्तपुर क्षेत्र नं २ को उम्मेदवार बन्नुभएका निवर्तनमान सांसद महेश बस्नेत अहिले जित आफ्नो पक्षमा पार्ने अभियानमा हुनुहुन्छ । युवा संघका पूर्व अध्यक्ष समेत रहनु भएका बस्नेत पूर्व मन्त्री पनि हुनुहुन्छ । ०७४ सालको निर्वाचनमा ३६ हजार ४ सय १२ मतसहित विजयी हुनुभएका बस्नेतको प्रतिस्पर्धा यो पटक पनि कांग्रेसकै दुर्लभ थापासँग हुँदैछ ।

०७४ को निर्वाचनमा बस्नेतसँग प्रतिस्पर्धामा दमनाथ ढुंगाना हुनुहुन्थ्यो । उहाँले १८ हजार ६ सय ८७ मत मात्रै ल्याउनु भएको थियो । अघिल्लो निर्वाचनलाई तुलना गरेर हेर्दा बस्नेतको जित निश्चित जस्तै देखिन्छ । त्यति मात्रै होइन बस्नेत मन्त्री हुँदा र सांसद निर्वाचित भएपछि भक्तपुरमा गरेको विकास नै जितको आधार भएको बताउनुहुन्छ । ‘मन्त्री हुँदा ०७२ सालमा २१ वटा सडक रातो कितावमा समावेश गरेँ । त्यो भन्दा अघि १० वटा सडक पनि रातो कितावमा थिएनन्,’ बस्नेतले एक भिडियो सन्देश सार्वजनिक गर्दै भन्नुभएको छ,’ ‘ती सडकमा दुइ, चार र ६ करोडसम्मका बजेट पार्न सफल भयौँ ।’

०७४ को निर्वाचनमा बस्नेतसँग प्रतिस्पर्धामा दमनाथ ढुंगाना हुनुहुन्थ्यो । उहाँले १८ हजार ६ सय ८७ मत मात्रै ल्याउनु भएको थियो । अघिल्लो निर्वाचनलाई तुलना गरेर हेर्दा बस्नेतको जित निश्चित जस्तै देखिन्छ । त्यति मात्रै होइन बस्नेत मन्त्री हुँदा र सांसद निर्वाचित भएपछि भक्तपुरमा गरेको विकास नै जितको आधार भएको बताउनुहुन्छ

उहाँले मन्त्री भएका बेला बालकोट जाने सडक, गुण्डु जाने सडक, ठिमीबाट गाम्चा जाने सडक, सिद्धिकालीबाट चारदोवाटो जाने सडक, महादेव मन्दिरबाट भिमसेन चोक जाने सडक, मध्यपुरबाट दधिकोट जाने सडक बनेको बताउनु भएको छ । ‘म सांसद निर्वाचित भएपछि १ सय २० वटा सडक रातो कितावमा पार्न सफल भयौँ । हामीले मुख्य राजमार्गको स्तरोन्नती गर्ने, सर्भिस ट्रयाक निर्माण गर्ने र सडक वरीपरी हरियाली निर्माण गर्ने जस्ता कुरामा पनि मेरो पहलमा धेरै काम भएका छन्,’ उहाँले भन्नुभएको छ, ‘मुख्य राजमार्गका आकाशेपुल र ट्राफिकलाईट व्यवस्थित गर्ने, दुर्घटना न्युनिकरण गर्ने जस्ता कुरामा पनि मेरो पहलमा धेरै काम भएका छन् । कोटेश्वरको ट्राफिक जाम रोक्न मनोहरा र हनुमन्तेको कडिडोर बनाउने योजना ल्यायौँ । मनोहरा आँखा अस्पताल नजिकै बेलिब्रिज बनाउने योजना हाम्रै पहलमा अघि बढ्यो । त्यसैगरी सडक विभागसँग छलफल गरेर कोटेश्वर नजिक रहेका घरलाई क्षतिपूर्ति समेत दिएर जामलाई कम गर्ने काम गरेका छौँ । यी कामहरुबारे मलाई गौरव छ ।’

उहाँले भक्तपुरलाई भ्रष्टाचारमुक्त जिल्लाको रुपमा विकास गर्ने पनि बताउदैँ आउनु भएको छ । ‘भक्तपुरमा काम गर्दा एकपैसा पनि घुस दिन नपर्ने गरी सिंगो भक्तपुरलाई नै भ्रष्टाचारमुक्त जिल्ला बनाउछुु,’ वस्नेतको अठोट छ । भक्तपुरमा स्मार्ट सिटीको विकास गर्ने, बैकल्पिक सडकहरु निर्माण गर्ने, सूर्यविनायकमा प्राणी उद्यान बनाउने, रंगशाला बनाउनेलगायतका कामलाई पूरा गर्ने उहाँको बचन छ । भक्तपुरलाई सिंहदरबारसँंग जोडने मात्रै होइन, भक्तपुरले सिंहदरवारको नेतृत्व दावी गर्नसमेत आफनो उम्मेदबारी रहेको भन्दै आफ्नो जितका लागि मतदातासँग अपिल गर्नुभएको छ ।