लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

काठमाडाैं, २ असाेज । सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।

प्रहरी वृत्त गौशालाले अनुसन्धान नसकिएको भन्दै उनलाई बुधबार थप हिरासतमा राख्न अदालतसँग अनुमति मागेको थियो।

यससँगै अदालतले उनलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडाैंका एसपी दिनेशराज मैनालीले जनाएकाे छ ।

लामिछानेलाई दोस्रोपटक असोज २७ मा पाँच दिनको म्याद थप गरेको थियो। जसको अवधि मंगलबार सकिएको छ। तर, मंगलबार सार्वजनिक बिदा भएकाले आज म्याद थपका लागि अदालतमा उपस्थित गराउने भएको हो।

प्रहरीले अनुसन्धान सकाएपछि प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंसमक्ष पेस गर्नेछ। त्यसपछि थुनछेकको बहस सुरू हुनेछ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा एक १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेकाे थियाे ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *