गठबन्धनको ‘फ्रि भिसा फ्रि टिकट’ र निशुल्क हेलिकोप्टर यात्राको चुनावी फण्डा कति उचित कति अनुचित ?
मोहन बास्तोला
काठमाडौँ, ३ कात्तिक । स्थानीय तहको निर्वाचनको माहोल तातिरहेका बेला ०७९ वैशाखमा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणाले चुनावी प्रचार अभियानका सिलसिलामा चुनावी माहोल आफ्नो पक्षमा पार्न ‘फ्रि–भिसा, फ्रि–टिकट’मा युवालाई वैदेशिक रोजगारीका लागि पठाउने आश्वासन दिनुभयो । त्यो अभिव्यक्तिले उहाँ निकै विवादमा तानिनु भयो ।
उहाँले त्यतिबेला गाउँमा युवाहरूलाई जम्मा गरेर काठमाडौंमा भेट्न सुझाव समेत दिन भ्याउनु भएको थियो । त्यतिबेला उहाँले मलेसियामा ‘फ्रि–भिसा, फ्रि–टिकट’मा केहीलाई लैजाने र त्यसका लागि काठमाडौँसम्म जान पनि खर्च नलाग्ने आश्वासन दिनुभएको थियो । उहाँले वडा र क्षेत्रबाट ‘फ्रि–भिसा, फ्रि–टिकट’मा वैदेशिक रोजगारीका लागि लैजाने आश्वासन दिदैँ भन्नुएको थियो– ‘जीवनजीले मिलाउनुहोला ।’
उहाँको त्यो अभिव्यक्तिलाई लिएर निर्वाचन आयोगले त्यतिबेलै स्पष्टीकरण सोधेको थियो । त्यतिमात्रै होइन त्यसैबेला देउवाको गृहजिल्ला डडेलधुरा पुगेर आरजुले ‘जहाँ कांग्रेसको मेयर हुन्न, त्यहाँ हामी किन पैसा पठाउँछौँ ? यो कुरा ध्यान दिएर करुवा सरुवा हरुवा पार्टीलाई भोट नहाल्नुस् ।’ भन्दै तुच्च अभिव्यक्ति प्रस्तुत गरेपछि थप विवादित बन्नुभएको थियो ।
आरजुको विवादित श्रृखला अहिले पनि रोकिएको छैन । २३ असोजमा आफ्ना पतिको उम्मेदवारी दर्ता गराउन डडेलधुरा पुग्नुभएकी आरजुले पहिला जस्तै विवादित अभिव्यक्तिलाई त्यहाँ पनि दोहोर्याउनु भयो । उहाँले गर्वका साथ भर्खरै ४ सयभन्दा बढीलाई फ्रि–भिसा, फ्रि टिकटमा पठाएको बताउनुभयो । ‘कैलालीका बेरोजगार युवाको रोजगारीमा यसअघि पनि ४ सयभन्दा बढीलाई फ्रि भिसा फ्रि टिकटमा पठायौँ,’ उहाँले गर्वसाथ भन्नुभयो, ‘यस्तो स्कीम यहाँ पनि ल्याइएको छ ।’
मुलुकमा रोजगारी सिर्जना गर्ने, युवालाई स्वरोजगारमुलक कार्यमा संलग्न गराउने जस्तो आशावादी अभिव्यक्तिको अपेक्षा त धेरै परको कुरा भयो । मुलुकको नेतृत्व गरिरहेको प्रधानमन्त्री पत्नीले ‘फ्रि–भिसा, फ्रि–टिकट’ को प्रलोभनमा युवालाई विदेश पलायनमा आकर्षित गर्ने अभिव्यक्ति देखपूर्ण मात्रै छैनन् । चुनावको सम्मुख पारेर शक्तिको दुरुपयोग गर्दै दिने यस्ता आश्वासनलाई श्रम क्षेत्रका विज्ञहरुले आलोचना गरेका छन् ।
‘फ्रि भिसा फ्रि टिकट’मै कामदार पठाउँछु भनेर भोट माग्ने कुरालाई देशभित्र रोजगारी सिर्जना गर्न सकिन्न भनेर स्वीकार भएको सो क्षेत्रका विज्ञहरुको तर्क छ । वर्तमान प्रधानमन्त्री पत्नी मात्रै होइन पछिल्लो समय पूर्वप्रधानमन्त्री र पूर्व श्रममन्त्रीबाट समेत यस्ता अभिव्यक्ति पटक–पटक दोहोरिन थालेपछि सो क्षेत्रका विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।
मुलुकमा रोजगारी सिर्जना गर्ने, युवालाई स्वरोजगारमुलक कार्यमा संलग्न गराउने जस्तो आशावादी अभिव्यक्तिको अपेक्षा त धेरै परको कुरा भयो । मुलुकको नेतृत्व गरिरहेको प्रधानमन्त्री पत्नीले ‘फ्रि–भिसा, फ्रि–टिकट’ को प्रलोभनमा युवालाई विदेश पलायनमा आकर्षित गर्ने अभिव्यक्ति देखपूर्ण मात्रै छैनन् । चुनावको सम्मुख पारेर शक्तिको दुरुपयोग गर्दै दिने यस्ता आश्वासनलाई श्रम क्षेत्रका विज्ञहरुले आलोचना गरेका छन्
माधवकुमार नेपाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष मात्रै होइन पूर्व प्रधानमन्त्री समेत हुनुहुन्छ । उहाँले केही दिन अघि मात्रै रौटतहटको एक चुनावी सभामा मधेसी भेषभुसामा ठाँटिएर गर्वका साथ आफू र गठबन्धनले चुनाव जिते मात्रै युवालाई वैदेशिक रोजगारीको अवसर दिने प्रलोभवन देखाउनुभयो ।
‘फ्रि का मतलब बिना ढेउवा के । बिना ढेउवाको भिसा मिल्ते हे, टिकट मिल्ते हे, काठमाडौंमे तालिम मिल्ते हे ।’ उहाँको त्यो अभिव्यक्तिलाई पनि श्रम क्षेत्रका विज्ञहरुले आफ्नो पदीय मर्यादाको उपहास भनेका छन् । देशको प्रधानमन्त्री भैसकेको व्यक्तिले यसरी चुनावको सम्मुखमा त्यो पनि वैदेशिक रोजगारीमा निशुःल्क युवा पठाउने भनेर आश्वासन दिनु लज्जास्पद अभिव्यक्ति भएको बताएका छन् । ‘फ्रि भिसा फ्रि टिकट’मा कामदार पठाउने आश्वासन बाँड्नु मताधिकारको दुरुपयोग भएको पनि विज्ञहरुको ठहर छ ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा नेपाललाई आजै स्पष्टीकरण सोधेको छ । रौतहट–१ का उम्मेदवार समेत रहनु भएका नेपाल विरुद्ध उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो । मतदातालाई प्रभावित पार्नेगरी फ्रि भिसा, फ्रि टिकटको बारेमा दिएको अभिव्यक्तिका सन्दर्भमा उहाँलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको आयोगको भनाई छ ।
श्रमविज्ञ डा. गणेश गुरुङ यो फण्डालाई अर्थहित चुनावी अस्त्रको संज्ञा दिनुहुन्छ । ‘शून्य लागतमा पठाउने नीति मात्रै छ । कार्यान्वयन भएकाे छैन । अहिले पनि ९९ प्रतिशत युवा शुल्क तिरेर वैदेशिक रोजगारीमा गइरहेका छन्,’ डाक्टर गुरुङले भन्नुभयो, ‘आफ्नो सरकार भएका बेला त्यो काम नगर्ने अनि चुनावको सम्मुखमा आएर हामी लागु गर्छौ । हामीले यति जना पठायौँ, फेरि ल्याउँछौँ भन्ने कुरा चुनावी अस्त्र मात्रै हो ।’
उहाँले त्यो आश्वासनलाई झूटको पुलिन्दाको संज्ञा दिनुभयो । ‘पहिला–पहिला मासु–भात र रक्सी खुवाएर मतदातालाई प्रभावित पार्ने चलन थियो,’ उहाँले भन्नुभयो, ‘अहिले ‘फ्रि भिसा फ्रि टिकट’ नयाँ जुक्ति मात्रै हो । पहिला सरकारकारमा बस्दा नगर्ने अनि अहिले लागु गर्छौ भनेर मत माग्ने कुरा सबै झुटको पुलिन्दा मात्रै हो । गर्छन भन्ने कुनै आधार छैन ।’ गरिब जनता पनि अहिले शुल्क तिरेरै वैदेशिक रोजगारीमा गैरहेको दृष्टान्त उल्लेख गर्दै गुरुङले त्यस्ता फण्डाको पछि नलाग्न मतदातालाई आग्रह समेत गर्नुभयो । ‘फ्रि भिसा फ्रि टिकट’ सतप्रतिशत लागु हुनुपर्ने कुरा हो,’ उहाँले भन्नुभयो ।
श्रमविज्ञ डा. गणेश गुरुङ यो फण्डालाई अर्थहित चुनावी अस्त्रको संज्ञा दिनुहुन्छ । ‘शून्य लागतमा पठाउने नीति मात्रै छ । कार्यान्वयम छैन । अहिले पनि ९९ प्रतिशत युवा शुल्क तिरेर वैदेशिक रोजगारीमा भइरहेका छन्,’ डाक्टर गुरुङले भन्नुभयो, ‘आफ्नो सरकार भएका बेला त्यो काम नगर्ने अनि चुनावको सम्मुखमा आएर हामी लागु गर्छौ । हामीले यति जना पठायौँ, फेरि ल्याउँछौँ भन्ने कुरा चुनावी अस्त्र मात्रै हो ।’
वर्तमान प्रधानमन्त्री पत्नी र पूर्वप्रधानमन्त्री मात्रै होइन पूर्व श्रममन्त्रीले समेत यस्तो आश्वासन दिनुलाई धेरैले लज्जाको विषय भनेका छन् । नीति निर्माण र कार्यान्वयनको तहमा काम गरिसकेका व्यक्तिबाटै यस्तो अभिव्यक्ति आउनुलाई धेरैले पदीय मर्यादाको धज्जी उडाएको भनी आलोचना गरेका छन् ।
‘यो सरासर झुटको खेती मात्रै हो,’ गुरुङ थप्नुहुन्छ, ‘श्रममन्त्री भएका व्यक्तिले नै त्यतिबेला व्यवसायीको पक्षमा बोल्दै यो सम्भव छैन भनेर भाषण गरेको तथ्य अहिले पनि भेट्न सकिन्छ । अहिले चुनावको मुखमा आएर सोझा–सिधा र गरिब जनतालाई भ्रम फैलाउने कुरा झुटको खेती बाहेक केही होइन ।’ उहाँले त्यसलाई दोहोराे चरित्रको संज्ञा समेत दिनुभयो ।
आयोगले समेत निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था रहेको स्मरण गराउँदै आयोगले बारा लगायतका जिल्लाबाट युवाहरूलाई जम्मा गरी प्रलोभन देखाउनुभएको सम्बन्धमा के कसो भएको हो ? भनी पत्र पठाएको जानकारी दिएको छ ।
उहाँले झुटो आश्वासन दिएर बाराको परवानीपुर गाउँपालिकाको विएस पार्टी प्यालेसमा निशुल्क कोटामा मलेसिया जाने पाउने भन्दै युवाहरुको भिड लागेको थियो । निशुल्क कोटामा विदेश जान पाइने भन्ने सूचनाका आधारमा अन्तर्वार्ताका लागि आएका युवाहरुले नै पूर्वमन्त्री समेत रहनु भएका श्रेष्ठले आश्वासन दिएर बोलाएको बताएका थिए । अन्तर्वार्ताका लागि आएका युवाहरुले नै आश्वासन मात्रै भएको भन्दै खुलासा गरेपछि श्रेष्ठ थप विवादित बन्नुभएको थियो ।
डाक्टर गुरुङले भने जस्तै कुनै समय वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा आवद्ध किशान श्रेष्ठ पूर्व श्रममन्त्री पनि हुनुहुन्छ । उहाँले मन्त्री रहेका बेला श्रमजीविको भन्दा पनि व्यवसायीको हितमा बढी काम गरेको आरोप लग्ने गरेको छ । अहिले उहाँ बारा जिल्लामा चुनावी अभियानमा हुनुहुन्छ । अघिल्लो पटक तनहुँबाट निर्वाचित श्रेष्ठ यो पटक बाराबाट गठबन्धनको तर्फबाट उम्मेदवार हुनुहुन्छ । उहाँले पनि गरिब र निमुख मतदातालाई ‘फ्रि भिसा फ्रि टिकट’ को ललिपप देखाएर पदीय मर्यादाकै धज्जी उडाउनु भएको छ ।
जिफण्टका अध्यक्ष विनोद श्रेष्ठ पनि अहिलेका अभिव्यक्तिलाई चुनावी फण्टाकै संज्ञा दिनुहुन्छ । ‘यो नितान्त गलत कुरा हो,’ श्रेष्ठले भन्नुभयो, ‘माधव नेपाल पूर्वप्रधानमन्त्री हुनुहुन्छ । किशान श्रेष्ठ पूर्व श्रममन्त्री हुनुहुन्छ । आरजु राणा प्रधानमन्त्री पत्नी हुनुहुन्छ । उहाँहरुले भने जस्तै हो भने उहिल्यै लागु हुनुपर्ने होइन । अहिले चुनावको मुखमा आएर गरिएको यो फण्टा बाहेक केही होइन ।’
गर्न सक्ने बेलामा केही पनि नगर्ने र वैदेशिक रोजगारीको क्षेत्रलाई थप भद्रगोल बनाउने काम गरेको भन्दै श्रेष्ठले यस्ता चुनावी फण्डाको पछि नलाग्न मतदातालाई आग्रह गर्नूभयो । ‘अहिले जो ‘फ्रि भिसा फ्रि टिकट’ को कुरा गरिरहनु भएको छ । सबै भन्दा बढी भद्रगोल उहाँहरुले नै गर्नुभएको हो,’ श्रेष्ठले भन्नुभयो, ‘किशान श्रेष्ठ मन्त्री हुँदा व्यवसायीलाई ‘अहिले जो ‘फ्रि भिसा फ्रि टिकट’ को नीतिले घाटा भयो भनेर हटाउने प्रयासमा हुनुहुन्थ्यो । त्यहि व्यक्तिले अहिले यसो भन्ने कुरा जज्जाको विषय हो । यो भ्रमको खेती गरेर चुनाव जित्ने झुटको पुलिन्दा मात्रै हो ।’
उहाँले यस्ता अभिव्यक्ति दिनु भन्दा स्वदेशमै रोजगारीको सिर्जना गर्नेतर्फ योजना बनाउन सुझाव दिनुभयो । त्यसो त उहाँहरुका यस्ता अभियव्यक्तिको नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खुलेरै आलोचना गर्नुभएको छ । गृहजिल्ला झापाको धुलाबारीमा नेकपा (एमाले) र राप्रपाले आयोजना गरेको संयुक्त कार्यकर्ता भेलालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले रौतहटमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका माधव नेपालले फ्रि–भिसा र टिकट’ को लोभ देखाएर युवाहरूलाई भ्रमित गरेकोप्रति आपत्ति जनाउनुभयो । उहाँले बारा–४ का गठबन्धनका उम्मेदवार किसान श्रेष्ठले समेत युवालाई फ्रि–भिसा र टिकटको लोभ देखाएको भन्दै निर्वाचन आयोगले तत्काल कारवाही गर्नुपर्ने भनाई राख्नुभयो ।
‘अहिले जो ‘फ्रि भिसा फ्रि टिकट’ को कुरा गरिरहनु भएको छ । सबै भन्दा बढी भद्रगोल उहाँहरुले नै गर्नुभएको हो,’ श्रेष्ठले भन्नुभयो, ‘किशान श्रेष्ठ मन्त्री हुँदा व्यवसायीलाई ‘अहिले जो ‘फ्रि भिसा फ्रि टिकट’ को नीतिले घाटा भयो भनेर हटाउने प्रयासमा हुनुहुन्थ्यो । त्यहि व्यक्तिले अहिले यसो भन्ने कुरा जज्जाको विषय हो । यो भ्रमको खेती गरेर चुनाव जित्ने झुटको पुलिन्दा मात्रै हो ।’
‘फ्रि भिसा फ्रि टिकट’मात्रै होइन अहिले गठबन्धनका उम्मेदवारको चुनावी शैली उदेक लाग्दो देखिएको छ । आफ्नो जिल्लाका विरामी बोक्न नीजि खर्चमा हेलिकोप्टर नै किनेको भ्रम फैलाउने उम्मेदवार भने रामेछापका सत्ता गठबन्धनका उम्मेदवार हुनुहुन्छ । कांग्रेस जिल्ला सभापति समेत रहनु भएका पुर्णबहादुर तामाङ (कान्छाराम) ले मतदातालाई आकर्षित गर्न यस्तो भ्रम फैलाउनु भएको हो । उहाँले हेलिकप्टरबाट निःशुल्क यात्रा गराउने आश्वासनसमेत दिन भ्याउनु भएको छ । लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ३ को चिलाउनेको सभालाई सम्वोधन गर्ने सिलसिलामा उहाँले यसरी दिएको आश्वासनको भिडियो अहिले भाइरल बनेको छ ।
‘रामेछापको सम्पूर्ण साथीहरु, बुबा आमा दाजुभाइ दिदी बहिनी जो एक हजार पनि जम्मा गर्न सक्दैनन्, म आफैं आएर हेलिकप्टरमा काठमाडौं लगेर उपचार गर्दिन्छु । सक्ने कोही छ १०–२० हजार निकाल्न सक्नेले तेल खर्च र पाइलटको भत्ता दिन्छन् । गुम्देलबाट काठमाडौं लैजाँदा ७० हजार लाग्ने रहेछ,’ उहाँले भिडियोमा भन्नुभएको छ, ‘म नाफा नलिई तपाईहरुको उपचार गराउनेछु ।
यो कुरा तपाई यहाँ आउने सय जनालेमात्र सुनेर हुन्न, आफन्त नातागोता, सम्धी कुटुम्बलाई पनि सुनाउनुस् ।’ कान्छाराम मात्रै होइन मकवानपुरको क्षेत्र नम्बर २ मा सत्तारुढ
गठबन्धनबाट प्रतिनिभिसभाको उम्मेदवार बन्नुभएका पूर्वस्वास्थ्यमन्त्री समेत रहनु भएका मकवानपुरका निवर्तमान सांसद विरोध खतिवडाको शैली पनि अजिवको छ । अहिले उहाँ जनताको घरदैलोमा चुनावी अभियानमा हुनुहुन्छ । उहाँ एमालेका युवा नेता महेश बर्तौलासँग चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । उहाँको पनि आफैँला गाली गरेको भिडियो भाइरल भएको छ । मतदातासँग मत माग्न पुग्नुभएका खतिवडाले मतदातासँग आफ्नो परिचय दिदैँ ‘विरोध खतिवडा भन्ने बेईमान मै हुँ’ भन्दै परिचय दिएको भिडियो भाइरल छ ।
रुपचन्द्र यतिसम्म अराजक हुनुुहुन्थ्यो कि ‘भाते कुकुर’ शब्द सम्माननीय शब्दका रूपमा उहाँ प्रयोग गर्नुहुन्थ्यो । कतिपयले त खतिवडाले आफैलाई बेइमान भनेको प्रसङ्गलाई व्याङ्ग्य गर्दै रुपचन्द्रको चेला समेत भनेका छन्
०२९–३० सालतिर रूपचन्द्र विष्टले मकवानपुर जिल्लाबाटै थाहा आन्दोलन सुरू गर्नुभएको थियो । रुपचन्द्र यतिसम्म अराजक हुनुुहुन्थ्यो कि ‘भाते कुकुर’ शब्द सम्माननीय शब्दका रूपमा उहाँ प्रयोग गर्नुहुन्थ्यो । कतिपयले त खतिवडाले आफैलाई बेइमान भनेको प्रसङ्गलाई व्याङ्ग्य गर्दै रुपचन्द्रको चेला समेत भनेका छन् । खतिवडाको उक्त भिडियो हेर्यो भने अनौठो मान्नुपर्ने खालकै छ । भिडियोमा मतदाताहरुको समूहमा खतिवडाले आफुलाई चिन्नु भो भनेर प्रश्न गरेको देखिन्छ । मतदाताहरुले चिन्न नसकेको उल्लेख गरेपछि खतिवडा भन्नुहुन्छ– ‘विरोध खतिवडा भन्ने बेमान मान्छे मै हो ।’
खतिवडाको त्यो अभिव्यक्तिपछि एक मतदाताले नामै विरोध रैछ अनि कसरी भन्दै खतिवडालाई दिल्लगी गर्नुहुन्छ । भिडियोमा विरोध मात्रै होर पछाडि खतिवडा खतरा हो भन्दै हाँस्न सुरु गरेको देखिन्छ । उम्मेदवारहरु कहिले मतदातासँगै खेतवारीतिर पुगेको तस्बिर देखिन्छ भने कतै मतदातासँगै बसेर गाउँले खाना, खाजा खाँदै गरेको देखिन्छ । कतिपय ती दृष्य अमिल्दा जस्ता देखिन्छन् । धनाड्य विनोद चौधरी मोटरसाईकलको पछाडि बसेर मत माग्दै गरेको तस्बिर पनि असाध्यै नमिल्दो देखिएको छ ।