माधव नेपाललाई कारबाही गर्न रौतहट प्रहरीलाई आयोगको निर्देशन
रौतहट, ३ कार्तिक । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कारबाही गर्न रौतहट प्रहरीलाई निर्वाचन आयोगले निर्देशन दिएकाे छ ।
रौतहटमा बिहीबार आयोजित एक कार्यक्रममा आचारसंहिता विपरीत मतदातालाई प्रलोभन दिएको प्राप्त श्रव्य-दृश्य सामाग्रीका आधारमा निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिएको हो ।
नेपाललाई कारबाही गर्न अनुरोध गर्दै रौतहट प्रहरीलाई पत्र समेत लेखको छ। ‘निज श्री माधवकुमार नेपालबाट निर्वाचनको सम्मुखमा युवाहरुलाई विदेश पठाउन भनि सार्वजनिक प्रलोभन देखाउने काम गरेकाले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ बमोजिम कारबाही प्रक्रिया अघि बढाउन अनुरोध छ,’ आयोगको पत्राचारमा भनिएको छ।
ऐनको दफा २० को उपदफा (४) उपदफा (१) को खण्ड (च) विपरीतको कार्य गर्ने व्यक्तिलाई १ लाख रूपैयाँसम्म जरीवाना वा र २ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।

