पोखराबाट अवैध लागूऔषध सहित दुइजना पक्राउ

कास्की, ३ कात्तिक । पोखराबाट अवैध लागूऔषध सहित दुइ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

पोखरा महानगरपालिका-३२ बडहरेबाट अवैध लागूऔषध गाँजा १ केजी ९ सय ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २६ वर्षीय दानबहादुर भुजेल र २० वर्षीय अरुण सुनार रहेका छन् ।

प्रहरी चौकी जनताको चौताराबाट खटिएको प्रहरीले भुजेलकै घरबाट उक्त गाँजा सहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।