नेकपा एमालेका अध्यक्ष ओली चुनाव केन्द्रित टेलिफोन संवादमा सर्वसाधारणसँग

काठमाडौं, ४ कात्तिक । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार नागरिकसँग प्रत्यक्ष टेलिफोन संवाद गर्नु हुनेछ ।

उहाँकाे पूर्वनिर्धारित कार्यक्रम अनुसार अध्यक्ष ओलीले नागरिकका प्रश्नको जवाफ दिनु हुनेछ । उहाँसँग कुरा गर्न १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाउनु भएकाे उहाँकाे सचिवालयले जनाएको छ ।

‘यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद,’ उहाँले भन्नुभएकाे छ । उहाँसंग प्रत्यक्ष संवाद गर्नका लागि धेरै जना सहभागिता हुुनुभएको भन्दै बिहीबार दिउँसो १२ बजेपछि नाम टिप्न बन्द गरिएको थियो ।

नागरिकसँग प्रत्यक्ष टेलिफोनमा कुराकानी गर्ने र आफ्नो फेसबुक पेजमा मोबाइल नम्बर म्यासेज गर्न उहाँले गत मंगलबार नागरिकहरूलाइ अनुरोध गर्नुभएकाे थियाे ।