गुल्मीमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ

गुल्मी, ४ कात्तिक । गुल्मीमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ परेका छन् ।

आफ्नै श्रीमती ४० वर्षीया ताल कुमारी कुमालको हत्या गरेको अभियोगमा मुसिकोट नगरपालिका-७ बसेरी बस्ने ४२ वर्षीय श्रीमान् सुर्य कुमाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

सुर्य कुमारको कुटपिटबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी वामी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको थियाे ।

घटना पश्चात जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी वामीबाट खटिएको प्रहरीले सुर्य कुमारलाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको छ ।