पोखराबाट ६ जना जुवाडे पक्राउ

कास्की, ६ कात्तिक । पोखरामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका-११ फुलबारी घर भई सोही महानगरपालिका-९ बास्तोलाथर बस्ने रमेश गुरुङको बेल बोट रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा गुरुङ सहित प्रहरीले ६ जनालाई पक्राउ गरेको हाे ।

उक्त रेष्टुरेन्टमा जुवातास खेलाई रहेको सूचना प्राप्त गरेपछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५१ हजार १ सय ३० रुपैयाँ र ५२ पत्ती तास सहित पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेकाहरू संग थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।