झापामा १६ वर्षीया किशोरी बलात्कृत

झापा, ६ कात्तिक । झापामा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापा मेचीनगर नगरपालिका-७ घर भएका सोही ठाउँस्थित टि गार्डेनको गार्डको रुपमा काम गर्ने ५४ वर्षीय नन्द प्रसाद पौडेल लाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पौडेलले ती किशोरीलाई गार्ड सुत्ने कोठामा लागेर जबरजस्ती करणी गरेको सूचना प्रहरीलाई प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका पौडेल माथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।