जुवा खेलिरहेका ३३ जना हेटौंडाबाट पक्राउ
मकवानपुर, ८ कात्तिक । मकवानपुरकाे हेटाैंडामा जुवा खेलिरहेका ३३ जना पक्राउ परेकाे छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा-११ नवलपुरबाट जुवा खेलिरहेका ३३ जनालाई सोमबार राति पक्राउ गरेको हाे ।
नवलपुरस्थित बैकुण्ठ बलामीको घरमा रहेको ग्यारेजमा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) टेकबहादुर कार्कीले जानकारी दिए ।
जुवा खेलीरहेका उनीहरुकाे साथबाट प्रहरीले १३ थान कौडा, १३ बुक तास र ७३ हजार रुपैया नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
