नवलपरासीबाट अवैध लागूऔषध सहित एकजना पक्राउ

नवलपरासी, १३ कात्तिक । नवलपरासीबाट अवैध लागूऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।

विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेबाट अवैध लागूऔषध फेनारगन ३० एम्पुल, डाईजेपाम ३० एम्पुल र नुर्फिन ३० एम्पुल सहित चितवन भरतपुर महानगरपालिका-३ न्यूरोड बस्ने ३८ वर्षीय पूर्ण मगरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

प्रहरी चौकी दाउन्नेबाट खटिएको प्रहरीले ना.७ ख २२७ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

प्रहरीले मगरलाई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *