आफ्नै काकाकाे हत्या गरेको अभियोगमा भतिजाे पक्राउ

खोटाङ, १३ कात्तिक । खोटाङमा आफ्नै काकाकाे हत्या गरेको अभियोगमा भतिजाे पक्राउ परेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ हाबुभञ्ज्याङ बस्ने ४२ वर्षीय पत्थरमान राईले आफ्नै काका ५९ वर्षीय मान बहादुर राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

आपसी वादविवादको क्रममा मादक पदार्थ सेवन गरेका पत्थरमानले खुकुरी प्रहार गर्दा मान बहादुरको घटनास्थलमै मृत्यु भएको सूचनाकाे आधारमा प्रहरी चौकी नुनथलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले पत्थरमान माथि आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।