उर्लाबारी बालक हत्या काण्ड : आरोपित ५ जना पक्राउ
मोरङ, १४ कात्तिक । मोरङको उर्लाबारीमा छठकाे रमाइलाे हेर्न गएका एक बालकको हत्या गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन जना १७ वर्षका र २ जना १६ वर्षका रहेका छन् । उनीहरुको परिचय प्रहरीले सार्वजनिक गरेकाे छैन ।
आइतबार राति साढे १० बजेतिर झापाको दमक नगरपालिका १० आमबाडीका १४ वर्षीय दियुस श्रेष्ठको हत्या भएको थियो । उनीहरुले मृतक श्रेष्ठलाई मोरङ उर्लाबारी नगरपालिका ७ स्थित मौवा खोलामा छुरा प्रहार गरी घाइते बनाएका थिए ।
घाइते श्रेष्ठको झापाको बी एण्ड सी अस्पतालमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको थियो । छठ मेला हेर्न गएका उनको चक्कु प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।