चितवनबाट १६ जना जुवाडे पक्राउ

चितवन, १५ कात्तिक । चितवनबाट प्रहरीले १६ जना जुवाडेलाई पक्राउ गरेकाे छ ।

भरतपुर महानगरपालिका-११ लामाटोल बस्ने मैति लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीया मिना कुमारी दर्लामी समेत १६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हाे ।

स्थानीयकाे घरमा जुवा खेलिरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २८ हजार रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको जनाएकाे छ ।