काठमाडौंबाट जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ
काठमाडौं, १५ कात्तिक । काठमाडौंकाे चन्द्रागिरीबाट जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
एक १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-८ मातातिर्थ बस्ने २८ वर्षीय चन्दन महर्जनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हाे
महर्जनले ती किशोरीलाई काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित गेष्ट हाउसमा लगी विभिन्न मितिमा पटक पटक जबरजस्ती करणी गरेको अभियाेगमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।
प्रहरीले सम्बन्धमा महर्जन माथि थप अनुसन्धान गरिरहेको छ ।