आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ

ललितपुर, १६ कात्तिक । ललितपुरमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ परेका छन् ।

२८ वर्षीया जमुना भन्ने वसन्ती कुमालको हत्या गरेको अभियोगमा ललितपुर महानगरपालिका-२५ नख्खुडोल भैसेपाटीमा डेरा गरी बस्ने गुल्मी इस्मा गाउँपालिका-१ का २९ वर्षीय राम कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।

वसन्तीको कात्तिक १२ गते साँझ झूण्डीएको अवस्थामा शव फेला परेको थियाे ।

घटनाकाे थप अनुसन्धानको क्रममा उनकै श्रीमान रामले हत्या गरेको खुलेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।

रामलाई प्रहरीले जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेकाे छ ।