सन्दीपविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस हुँदै
काठमाडाैं। १७ कात्तिक । क्रिकेटर सन्दीप लामिछानेविरुद्धकाे मुद्दामा आज पनि थुनछेक बहस हुँदैछ ।
बुधबारबाट सुरु भएको बहस काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।
बुधवार पिडितको तर्फबाट चार जना सरकारी वकिलसहित ७ जनाले बहस गरेका थिए । बहसमा वादी नेपाल सरकारका तर्फबाट ४ जना सरकारी वकिल र तीन जना अधिवक्ताले बहस गरेका थिए ।
सन्दीपको तर्फबाट भने दुई जनाले बहस गरेका थिए । आज थप वकिलले आज बहस गर्नेछन् ।