मोरङकाे उर्लाबारीबाट भरूवा बन्दुक सहित एकजना पक्राउ

मोरङ, १७ कात्तिक । मोरङकाे उर्लाबारीबाट भरूवा बन्दुक सहित एकजना पक्राउ परेकाे छ ।

उर्लाबारी नगरपालिका-२ सिमसार टोल बस्ने ३१ वर्षीय दिपक बिश्‍वकर्मालाई १ थान अवैध भरूवा बन्दुक सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी दिपकले आफ्नो घरमा रहेको भरुवा बन्दुक निकाली श्रीमतीलाई डर त्रास देखाई कुटपिट गरिरहेको सूचनाका आधारमा अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले यस सम्बन्धमा बिश्‍वकर्मा माथि आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।