१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँबाट एकजना पक्राउ

तनहुँ, १७ कात्तिक । तनहुँमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका-८ गणपते बस्ने वर्ष ६३का राम्जी बहादुर थापा क्षेत्री रहेकाे प्रहरीले जनाएकाे छ ।

१० वर्षीया बालिकालाई स्थानीय जंगलमा अमला टिप्न जाने भन्दै ललाई फकाई लगी ती बालिकालाई थापाले बुधबार बिहान जबरजस्ती करणी गरेको अभियोगमा उजुरी परेपछि ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थापा क्षेत्रीलाई जबरजस्ती करणी सम्बन्धी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।