आफ्नै आमाकाे हत्या अभियोगमा एकजना पक्राउ
काठमाडौं, १८ कात्तिक । आफ्नै आमाकाे हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।
आफ्नै ७० वर्षीया आमा फुलमाया तामाङको हत्या गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-३ घर भई कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटार बस्ने ३५ वर्षीय जयबहादुर तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै डेरा कोठामा जयबहादुरले धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको सूचनाका आधारमा प्रहरी प्रभाग काडाघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले यस सम्बन्धमा जयबहादुर माथि आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।