ओखलढुङ्गाबाट बाल यौन दुरूपयोग गरेको अभियोगमा एक पक्राउ

ओखलढुङ्गा, २० कात्तिक । ओखलढुङ्गाबाट बाल यौन दुरूपयोग गरेको अभियोगमा एकजना पक्राउ परेकाे छ ।

१५ वर्षीया किशोरीलाई बाल यौन दुरूपयोग गरेको अभियोगमा सुनकोशी गाउँपालिका-८ बस्ने २१ वर्षीय यसु श्रेष्ठ भन्ने ईन्द्र बहादुर श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

श्रेष्ठले ती किशोरीलाई बिहीबार साँझ बाल यौन दुरुपयोग गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कोषाहाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।