पिर्का प्रहार गरी बुबाको हत्या
रोल्पा, २२ कात्तिक । राेल्पामा पिर्का प्रहार गरी आफ्नै बुबाको हत्या गरेकाे छ ।
त्रिबेणी गाउँपालिका-४ पोखरी बस्ने बुबा ५४ वर्षीय मानसिंह घर्तिलाई २३ वर्षीय छाेरा संदिप घर्तिले काठको पिर्का प्रहार गरी हत्या गरेको अभियोगमा सोमबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार घरको भान्सा कोठामा दुवै जना बसेर मादक पदार्थ सेवन गरेपछि घरायसी विवादमा संदिपले पिर्का प्रहार गर्दा मानसिंहको घटनास्थलमै मृत्यु भएको सूचनाका अनुसार प्रहरी चौकी जुगार, अस्थायी प्रहरी पोष्ट बुढागाँउ र ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले घटनाकाे बारेमा थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।