पर्साबाट अवैध लागूऔषध सहित एकजना पक्राउ
पर्सा, २२ कात्तिक । पर्साबाट अवैध लागूऔषध सहित एकजना पक्राउ परेकाे छ ।
प्रहरीले वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित सोही महानगरपालिका-१३ बस्ने ४० वर्षीय सिकिन्द्र गिरीलाई सोमबार साँझ पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय वीरगंजबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
प्रहरीले य सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।