सालकको खपेटासहित गोङ्गबुबाट दुईजना पक्राउ
काठमाडाैं, २३ कात्तिक । दुर्लभ वन्यजन्तु सालकको खपटासहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–२६ गोङ्गबु चोकबाट रामेछाप दोरम्बा गाउँपालिका–७ थापागाउँ घर भएका ३८ वर्षीय प्रेमबहादुर विक र खोटाङ अर्खल गाउँपालिका–९ घर भएका २१ वर्षीय अर्जुन मगरलाई प्रहरीले खपटासहित पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
प्रहरीले उनीहरुसँग १० किलो पाँच सय ग्राम सालकको खपटा बरामद गरेको छ ।
यस्तै, विकले प्रयोग गर्ने बा५८प ८३३७ नंको मोटरसाइकल र मगरले प्रयोग गर्ने बागमती प्रदेश ०२–०२८ प ७६७२ नंको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।–
