८७ हजार नक्कली नोट सहित रौतहटबाट छ जना पक्राउ

रौतहट, २५ कात्तिक । रौतहटबाट नक्कली नोट सहित छ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

मौलापुर नगरपालिका-८ सोनरनिया र बाराको कचोर्वा जाने बाटोबाट नेपाली १ हजार रूपैयाँ दरको ८७ थान नक्कली नोट सहित बारा आदर्श कोतवाल गाउँपालिका-६ बस्ने २५ वर्षीय सोनु कुमार कुश्वाहा सहित ४ जना पुरुष र २ जना महिला गरी ६ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।

उक्त स्थानमा नक्कली नोटको कारोबार भइरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गरुडा र ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त नक्कली नोट र २ थान मोटरसाइकल सहित पक्राउ गरेको छ ।

पक्राउ परेकामश्ये मौलापुर नगरपालिका-६ पिपरिया टोल २६ वर्षीय राजाराम साहको घर तलासी गर्दा लुकाई राखेको १ थान अवैध कटुवा पेस्तोल फेला पारी प्रहरीले बरामद गरेको छ । प्रहरीले घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।