स्वयम्भूकाे जंगलमा जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ
काठमाडौं, २७ कात्तिक । काठमाडाैंस्थित स्वयम्भूकाे जंगलमा जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेकाे छ ।
एक १४ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ सिद्धलेख गाउँपालिका-२ पात्ले घर भई हाल काठमाडौं महानगरपालिका-१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
गिरीले ती बालिकालाई ललाई फकाई काठमाडौं महानगरपालिका-१५ स्वयम्भू स्तुपाकाे पछाडी रहेकाे जंगलमा लगेर जबरजस्ती करणी गरेको सूचनाकाे आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले गिरीलाई थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।
