मामाको हत्या अभियोगमा भान्जा पक्राउ

मोरङ, २८ कात्तिक । मोरङमा मामाको हत्या गरेको अभियोगमा आफ्नै भान्जा पक्राउ परेका छन् ।

प्रहरीले मामाको धारिलो हतियार प्रयोग गरी हत्या गरेकाे अभियोगमा मोरङ उर्लाबारी नगरपालिका वडा नं.- ८ बस्ने २२ वर्षीय सुजन पाचकोटीलाई पक्राउ गरेकाे हाे ।

गत मंसिर २७ गते कल्पना पाचकोटीको घरमा पाहुना आएका जिल्ला मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं. १ बस्ने वर्ष ४२ को काजी मोहरालाई घरायसी विवाद हुँदा उनको भान्जा सुजनले धारिलो हतियार (दाउ) ले टाउकोमा प्रहार गरी घाइते बनाएका थिए ।

घाइते मोहराकाे मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टर मंगलबारे उर्लाबारीमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको थियो ।

घटनामा संलग्न सुजनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान भई रहेको प्रवक्ता एवं सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिए ।