नुवाकोटमा आमाछोरीको हत्या

नुवाकोट, २९ कात्तिक । नुवाकोटमा आमाछोरीको हत्या भएकाे छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ भङ्गेरीमा हिजाे साँझ आमाछोरीको हत्या भएको हाे ।

धारिलो हतियार प्रयोग गरेर २० वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनको छोरी तीन वर्षीया कृष्टिना खतिवडाको हत्या भएको दुप्चेश्वर गाउँपालिका–५ का वडाध्यक्ष मइतबहादुर तामाङले जनाएकाे छ ।

उनका अनुसार धारिलो हतियार प्रयोग गरेर घाँटीसहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट पुर्‍याएर उनीहरुको हत्या गरेको अवस्थामा घरको आँगनमा आमा र पिँढीमा छोरीको शव हिजाे साँझ ७ बजे भेटिएको हो ।

प्रहरी चौकी समुन्द्रटारबाट गएको प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको छ भने जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा अनुसन्धान अघि बढाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *