अमेरिकाको भर्जिनिया विश्वविद्यालय हातामा गोली चल्दा तीन विद्यार्थीको मृत्यु
एजेन्सी, २९ कात्तिक । अमेरिकाको भर्जिनिया विश्वविद्यालय हातामा गोली चल्दा तीन विद्यार्थीको मृत्यु भएकाे छ ।
गोली चल्दा विश्वविद्यालय फुटबल क्लबका खेलाडी समेत रहेका तीन जनाको मृत्यु भएकाे बिबिसीले जनाएको छ।
विद्यार्थी सवार बस चार्लोसभिलस्थित पार्किङ हातामा प्रवेशलगत्तै गोली प्रहार भएको थियो।
गोली चलाएको आशंकामा विश्वविद्यालयमा पढ्ने २२ वर्षीय छात्र क्रिष्टोफर डेनियल पक्राउ परेका छन्।
