भक्तपुरकाे राईटोलमा आगलागी, २५ वर्षीया युवतीको जलेर मृत्यु

भक्तपुर, ३० कात्तिक । भक्तपुरको मध्यपुरठिमी नगरपालिका-६ राईटोल कुण्डोलमा आज बिहान आगलागी हुँदा १ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेका अनुसार राईटोल माथिल्लाे कुण्डोलका आत्माराम केसीकाे घरमा आगलागी भएको हाे

आगलागीमा परी आत्मारामकी २५ वर्षीया छोरी अस्मिताको मृत्यु भएको छ। पौने ९ बजे उनी मृत भेटिएको डिएसपी पाण्डेले बताए। मृतक अस्मिता सुस्त मनस्थितिकी बिरामी थिइन्।

आगलागीमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, भक्तपुरबाट दुई वटा दमकल,जनप्रतिनिधि र स्थानीयको सहयोगमा पौने ९ बजे आगो नियन्त्रणमा लिएकाे थियाे भने घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।