सर्लाहीबाट २ सय किलाे गाँजा बरामद

सर्लाही : सर्लाहीबाट प्रहरीले २ सय किलाे गाँजा बरामद गरेकाे छ ।

सर्लाहीकाे मलंगवा नगरपालिका १० स्थित गंगा पेट्रोल पम्प अगाडि नवलपुर-मलंगवा सडक खण्डमा नेपाल प्रहरी र शसस्त्र प्रहरी सीमा सुरक्षा बल (बिओपी) मलंगवाबाट खटिएको संयुक्त गस्ती टोलीले करिब २ सय किलो लागुऔषध गाँजा बरामद गरेको हो ।

मलंगवाबाट नवलपुरतर्फ आँउदै गरेको बागमती प्रदेश- ३-०१-००६ ख १७०४ नम्बरको पानी बोक्ने गाडीलाई शंका लागि चेकजाँच गर्ने क्रममा उक्त गाडीमा रहेको अन्दाजी ८० कार्टुन पानीभित्र प्लाष्टिकको बाेरामा लुकाई छिपाई राखेकाे अवस्थामा करिब २ सय किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रविण पाेख्रेलले जानकारी दिए ।

प्रहरीको चेकजाँच टाेलीलाई देखेपछि उक्त गाडीका चालक फरार भएको र उनकाे खाेजी कार्य जारी रहेकाे प्रहरीले जनाएको छ ।