जबरजस्ती करणी तथा गर्भ पतन मुद्दाका फरार प्रतिवादी पक्राउ

बारा, १ मंसिर । बाराबाट जबरजस्ती करणी तथा गर्भ पतन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
प्रसौनी गाउँपालिका-५ बेलहिया टोल बस्ने फरार प्रतिवादी २५ वर्षीय श्याम सुन्दर साह तेलीलाई सोमबार प्रहरीले पक्राउ गरेको हाे ।

श्यामले १७ वर्षीया बालिकालाई ललाई फकाई पटक/पटक जबरजस्ती करणी गर्नुका साथै पीडितको जबरजस्ती गर्भपतन समेत गराएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले प्रसौनी गाउँपालिका-५ बेलहिया टोलस्थित लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

जबरजस्ती करणी तथा गर्भ पतन मुद्दामा जिल्ला अदालत बाराबाट ४ दिनको म्याद अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।