मुगु र गोरखामा शंकास्पद वस्तु भेटियो, अग्निको क्षेत्रमा झडप

काठमाडौँ, ४ मंसिर । गोरखा नगरपालिका–८ रानीवनस्थित द ओल्ड क्यापिटल माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी मुगुका ५ वटा मतदान केन्द्रमा पनि शंकास्पद वस्तु भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार खत्याड गाउँपालिका अन्तरगत ५ वटा मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेको हो । त्यस्तै निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले मतदान गरेको सिन्धुपाल्चोकमा झडप भएको छ । सिन्धुपाल्चोकको सेतीदेवी पन्चकन्या मावि कुविण्डे मतदान केन्द्रमा झडप भएको छ । त्यहाँ एमाले र माओवादीका कार्यकर्ताबीच झडप भएको छ । माओवादीले एकलौटी गर्न खोजेको भन्दै एमाले कार्यकर्ताले विरोध गरेपछि झडप भएको हो ।