भक्तपुरमा छिमेकीकाे कुटपिटबाट एक जनाको मृत्यु

भक्तपुर, ५ मंसिर । भक्तपुरकाे चाँगुनारायणमा छिमेकीकाे कुटपिटबाट एक जनाको मृत्यु भएकाे छ ।

चाँगुनारायण नगरपालिका-८ कलमसी बस्ने ६१ वर्षीय कुमाल सुनार पक्ष र उनकै छिमेकी ४२ वर्षीय राजु सुनार पक्षबीच एक आपसमा झै-झगडा भई कुटपिट हुँदा कुमाल सुनारको शनिबार राति मृत्यु भएको छ । झगडामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जगागीबाट खटिएको प्रहरीले झगडामा संलग्न चाँगुनारायण नगरपालिका-८ कलमसी बस्ने ४१ वर्षीय राजन सुनार सहित १० जनालाई नियन्त्रणमा लिएको छ ।