भक्तपुरकाे सूर्यविनायकमा ७ वर्षीया बालिका बलात्कृत
भक्तपुर, ७ मंसिर । भक्तपुरकाे सूर्यविनायकमा ७ वर्षीया बालिका बलात्कृत भएकाे छ ।
महोत्तरी बर्दिबास ढुङ्ग्रे घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-१ सिरूटार बिरूवा बस्ने १९ वर्षीय निशान तामाङले ७ वर्षीया बालिका जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हाे ।
ती बालिकालाई निशानले कात्तिक २८ गते दिउँसो आफ्नै कोठामा बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएकाे छ ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।